गण्डकी प्रदेशमा लौरौ अभियानद्वारा उम्मेद्वारी घोषणा

राष्ट्र न्यूज सम्वाददाता
असाेज २, २०७९
lauro

पोखरा, २ असोन । लौरो अभियानले गण्डकी प्रदेशमा उम्मेद्वारी घोषणा गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा गरी १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो । उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरुले पूरानो नेतृत्वको विकल्पमा आफूहरु रहेको बताउनुभयो ।

गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङबाट राप्के गुरुङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर नेपाली, नवलपुर १ बाट तुल्सी भुसाल, तनहुँ २ बाट विष्णु पराजुलीले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

यस्तै, प्रदेश सभा सदस्य पदका लागि कास्की १ (क) बाट सुचेन्द्र परियार, ३ (क)बाट खेम तिमिल्सिना, स्याङ्जा १ (ख)बाट नरेन्द्र बहादुर थापा क्षेत्री, स्याङ्जा १ (क) बाट मकुल मियाँ, कास्की १ (ख) बाट महेश श्रेष्ठ, नवलपुर १ (क) बाट बद्री काफ्लेले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

उम्मेदवारी घोषणा कार्यक्रममा लौरो अभियानका संयोजक सुमन सायमी, रोहन कार्की, प्रवत्ता हरि कार्कीलगायत अभियानका अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

अभियानका प्रवत्ता हरि कार्कीले देशको परिवर्तनका लागि वैकल्पिक शक्ति एकजुट भएर लौरो अभियान बनेको उल्लेख गर्नुभयो ।

अभियानका संयोजक सुमन सायमीले अभियानले देशका पूराना शक्तिलाई विस्थापित गर्ने दावी गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives