अछाममा पहिरो, २२ जनाको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
असाेज १, २०७९
pahiro

पोखरा, १ असोज । केहि दिन देखिका अविरल वर्षासँग देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न स्थानमा बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको छ । राजमार्ग र सडकहरु अवरुद्व भैरहेका थिए ।

अछाम जिल्लाको विभिन्न स्थानमा पहिरोमा परी २२ जनाको मृत्यु भएको छ ।  शुक्रबार राति विभिन्न पालिकाहरुमा पहिरो खसेको हो ।

कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाका पहिरो खसेको हो ।

पहिरोमा परी घाइते भएका ११ जनाको उद्वार गरिएको छ । पहिरोमा ११ जना बेपत्ता भएको जनाइएको छ । बेपत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives