सिन्धुली, २२ भदौ (रासस) :पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ ।
सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै थन्किएका छन् ।
इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले अहिले पहिरो पन्छाउने काम गरिरहेको छ । स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको कँडेलले बताउनुभयो ।
“बिहानैदेखि पहिरो खसिरहेको छ, झर्ने क्रम रोकिएको छैन”, गोलञ्जोर गाँउपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले भन्नुभयो । बाटोमा सयाँै यात्रु अलपत्र परेको उहाँले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
नेपाल परिवार नियोजन संघको टोली स्वास्थ्य मन्त्री पौडेलसँग भेटघाट
पोखराको कोटीहोम प्रचारका लागि बृहत् मोटरसाइकल ¥याली, महायज्ञको उत्साह थपियो
नेपाल परिवार नियोजन संघको विशेष केन्द्रीय सधारण सभा
पोखराको कोटीहोम प्रचारका लागि ट्याक्सी ¥याली
पोखराको कोटीहोम प्रचारका लागि साइकल ¥याली