कास्कीमा ‘जनताको साथमा काँग्रेस’ अभियानका कार्यक्रम सार्वजनिक

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १९, २०७९
Photo congress

पोखरा, १९ भदौ । नेपाली काँग्रेस कास्कीले ‘जनताको साथमा काँग्रेस’ अभियान अन्तर्गत गरिने कार्यक्रम सार्वजनिक गरेको छ ।

पोखरामा आइतबार पत्रकार सम्मेलन गरी कार्यक्रम सार्वजनिक गरिएको हो । कास्की काँग्रेसले आइतवार अभियानका खटिने प्रतिनिधिका लागि अभिमुखीकरणसँग अभियानका कार्यक्रम पनि सार्वजनिक गरेको हो ।

काँग्रेसले भदौ २१ गते जिल्लाका ७२ वटै इकाइमा एउटै समय ११ बजे कार्यक्रम गरी अभियान शुभारम्भ गर्नेछ । २२ गते मतदाता संवाद, २३ गते गठबन्धनका दलसँग छलफल र २४ गते कास्कीका ६ वटै प्रदेश सभामा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सह–महामन्त्री जीवन परियारले सत्ता गठवन्धन कुनै हालतमा नटुट्ने बताउनुभएको छ । निर्वाचनका लागि सिट बाँडफाड अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।

गठबन्धन टुटाउन विभिन्न शक्ति लागिपरेको बताउँदै उहाँले जस्तोसुकै परिस्थितीमा पनि गठबन्धन कायम रहने बताउनुभयो । गठवन्धनका विषयमा अनेक किसिमका भ्रमहरु सृजना गरिंदै आए पनि त्यसमा सत्यता नभएको उहाँले स्पष्ट पार्नुभयो ।

‘जनताको साथमा काँग्रेस’ अभियानका कास्की संयोजक एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसको सबै संरचनालाई निर्वाचनमा परिचालन गर्न अभियान सञ्चालन गरिएको बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा भएका कमिकमजोरीलाई यसै अभियानमार्फत सुधार गरिने भन्दै उनले अभियानबाट आएका सुझावकै आधारमा पार्टीको केन्द्रीय घोषणापत्र तयार गरिने उनले स्पष्ट पार्नुभयो । गठवन्धनलाई विचार र नीतिसंग जोड्न अभियान फलदायी हुने उहाँको विश्वास छ ।

कास्की काँग्रेसका उपसभापति युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रमम सचिव भानु ढकालले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives