स्थापना दिवसमा कर्मचारी युनियन वृद्वाश्रममा

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १९, २०७९
radhakrishana

पोखरा, १९ भदौं । नेपाल निजामती कर्मचारी युनियन कास्कीले आइतवार स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा पोखरा ३२ स्थित तल्लो गगनगौंडामा रहेको राधाकृष्ण वृद्वाश्रममा सहयोग गरिएको छ । युनियनले वृद्वाश्रमलाई खाद्यान्न सहयोगसँगै वृद्ववृद्वालाई फलफूल वितरण गरेको छ ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल र युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठले वृद्वाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सभापति बरालले युनियन पेशागत विषयसँगै मानवीय सेवासँग पनि जोडिएको बताउनुभयो । उहाँले निजामती सेवालाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष दीपक रेग्मीले निजामती कर्मचारीले राज्य र नागरिकको सम्वन्ध सुमधुर बनाउने गरी काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

त्यस अवसरमा नेपाली काँग्रेस कास्कीका सहसचिव नवीन सिग्देल, जिल्ला सदस्य गंगाधर पराजुली, बानका केन्द्रीय अध्यक्ष कुमार भट्टराई, पोखरा ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्की, युनियनका गण्डकी उपाध्यक्ष अर्जुन गुरुङ, केन्द्रीय सदस्यहरु विश्वराज आचार्य, बद्रि पौडेल, निवर्तमान अध्यक्ष डार्विन लम्साल लगायतले बोल्नुभएको थियो ।

नेपाल निजामती युनियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सीता ढुङ्गानाले स्वागत र सचिव सुमन शर्माले सञ्चालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

  • आलु महोत्सव भोली सकिदै

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०८२
    पोखरा, २ वैशाख । १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी…
  • कृषिको उत्सव आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत । आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ । यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु…
  • महोत्सवमा १७ लाख बढीको आलु कारोवार

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत ।१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । शुुक्रबारसम्म…
  • हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८१
    पोखरा, २८ चैत । १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।…
  • आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८१
    पोखरा, २७ चैत। १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक…