पोखरा, १५ भदौ । नेपाल भेटेरिनरी एशोसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विद्येयक संशोधनका लागि पटक पटक राखेको जायज मागहरुलाई सम्बोधन नगरी बिद्येयक पारित गरिएकोप्रति आपत्ती जनाएको छ ।
श्रावण ३१ गते प्रतिनिधि सभामा धेरै सतापक्ष तथा प्रतिपक्ष दलका माननीयहरुले राखेका सुझावहरुलाई समेत बेवास्ता गरी विद्येयक पारित गरेको जनाइएको छ ।
एशोसिएसनका अध्यक्ष डा. केदार राज पाण्डे र सचिव डा राजेश कुमार चौधरीले बुधबार विज्ञप्ति प्रकाशित गरी पशु स्वास्थ्य जस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिक बीच सामान्य भिन्नता समेत नदेखिने गरी विवादित विषयहरु संबोधन नगरी, परिभाषाहरुमा द्वैध अर्थ लाग्ने शब्दहरु राखी विधेयक पारित गरिएको भन्दै आपत्ती जनाइएको छ ।
विज्ञप्तिमा संघीयता लागु हुँदा हरेक पालिकामा पशु चिकित्सक, पशु विकास अधिकृत, वरिष्ठ पशु चिकित्सक वा वरिष्ठ पशु विकास अधिकृतको दरबन्दी भएका पालिकाहरुमा यथाशिघ्र उक्त पदका लागि योग्य कर्मचारीको माग खुलाउन ध्यानाकर्षण गराउँदै माग सम्बोधन नभएमा जुनसुकै कदम चाल्ने चेतावनी दिइएको छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते