काठमाडौँ, १४ भदौ (रासस) :राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा १२ परीक्षाको नतिजा प्रकाशनको तयारी गरेको छ ।
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सैद्धान्तिक र प्रयोगात्मकतर्फको अलगअलग स्तरीकृत अङ्क (ग्रेड) उल्लेख गर्नुपर्ने हुँदा सोको रुजुलगायत प्राविधिक कार्य भइरहेकाले केही दिनभित्र परीक्षाफल प्रकाशनमा हुने राससलाई बताउनुभयो ।
हालको निदेर्शिकामा विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवैमा उत्तीर्ण हुनुपर्ने व्यवस्था छ । बोर्डले यसअघि भदौ १५ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने र त्यसका लागि भदौ १४ गते बोर्डको बस्ने पूर्व योजना बनाएको थियो ।
गत जेठ १६ गतेदेखि २५ गतेसम्म भएको परीक्षामा चार लाख १० हजार विद्यार्थी सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना श्रष्टालाई सम्मान अर्पण गर्दै
साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम
स्व. रविन्द्रको जन्मजयन्तीमा रक्तदान र परिसंवाद
विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार पोखराका संरक्षणकर्मी आचार्यलाई
विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना
Archives
Archives