पोखरा, ११ भदौ । नेपाली काँग्रेस कास्कीले ‘जनताको साथमा काँग्रेस’ अभियान शुभारम्भ गरेको छ ।
अभियान कास्कीका ७२ वटै इकाईसम्म पु¥याइने छ । अभियानका क्रममा नेताहरुले जनतासँग प्रत्यक्ष भेटी उहाँहरुको चाहना, विकासको आवश्यकता र पार्टी सदुढीकरणका लागि आवश्यक सुझाव संकलन गर्नु हुनेछ ।
‘अभियान अत्यन्तै प्रभावकारी ढंगबाट अगाडि बढाइने छ कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले भन्नुभयो, अभियानले काँग्रेस बास्तवमै जनताको सुख, दुःखको साथी भएको अनुभूति गराउनेछ।’
कास्की काँग्रेसले आयोजना गरेको एक कार्यक्रमबीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टीका केन्द्रीय प्रतिनिधि प्रदीप पौडेलले अभियान शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा उहाँले काँग्रेस कहिल्यै पनि जनताबाट टाढा रहन नसक्ने बताउनुभयो । उहाँले जनताको चाहना, भावना र आवश्यकता सम्बोधन गर्न सक्ने पार्टी काँग्रेस मात्र रहेको बताउनुभयो ।
त्यस अवसरमा पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाट, नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठ, मन्त्री विन्दु कुमार थापा, कास्की काँग्रेसका निवर्तमान सभापति कृष्ण बहादुर केसी, महिला नेतृ सकुन्तला गुरुङले बोल्नुभएको छ ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति युवराज कुँवरको स्वागत र सचिव देवेन्द्र भाटले संचालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी