झापा, ७ भदौ (रासस)ःअनलाइनमार्फत जुवा खेलाउने र कन्सल्टेन्सीमार्फत सरकारी कागजात तथा दस्तखतको कीर्ते गरी दुरुपयोग गर्नेलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ ।
ल्यापटप तथा मोबाइलको प्रयोग गरी इन्टरनेटमार्फत जुवा खेलाउने र जापान पठाउने, अङ्ग्रेजी भाषाका कक्षा चलाउने बहानामा सरकारी कागजात र दस्तखत दुरुपयोग गर्नेलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकका अनुसार पक्राउ पर्नेमा दमक–८ स्थित पदमा कन्सल्टेन्सीका सञ्चालकद्वय सतप्रकाश साह र राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एन्ड फोटो स्टुडियोका सञ्चालक अरुण कार्की र ब्रिटिस आर्मी तालिम केन्द्रका सञ्चालक राजु लिम्बू रहेका छन् ।
पक्राउ परेकाका साथबाट प्रहरीले मोबाइल, सिम, ल्यापटप, स्ट्याम्प लगायतका सामग्री बरामद गरेको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरी नेतृत्वको टोलीले अनुसन्धानपछि सो समूहलाई पक्राउ गरेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
पक्राउ परेकालाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी