गण्डकी ट्रक यातयात व्यवसायी संघको महासचिवमा कार्कीको उम्मेद्वारी

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ७, २०७९
Karki

पोखरा, ७ भदौ । गण्डकी ट्रक यातयात व्यवसायी संघको २१ औं अधिवेशनमा होम बहादुर कार्कीले महासचिव पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

पोखरा १४ निवासी उहाँ विगत २० वर्षदेखि ट्रक व्यवसायसँग आवद्व रहदै आउनु भएको छ । अघिल्लो अधिवेशनबाट सचिवमा निर्वाचित उहाँले विशेष कारणले महासचिव पद रिक्त भएपछि केहि समय अघिदेखि कार्यवाहक महासचिवको भूमिका समेत निर्वाह गर्दै आउनुभएको छ ।

सचिव र कार्यवाहक महासचिव हुँदा बटुलेको अनुभवका आधार महासचिव भएर संघलाई प्रभावकारी रुपमा अगाडि बढाउन सक्ने उहाँको भनाइ छ ।
ट्रक व्यवसायीका समस्या समाधान गर्न र व्यवसायिक वातावरण निर्माणका लागि आफ्नो उम्मेद्वारी भएको स्पष्ट पार्दै उहाँले सबै सदस्य, व्यवसायी र शुभेच्छुकसँग सहयोगका लागि अनुरोध गर्नुभएको छ ।

संघको ४५ औं साधारण सभा तथा २१ औं अधिवेशन भदौ ८ र ९ गते पोखरामा हुँदैछ । ८ गते उद्घाटन समारोह हुने र ९ गते अधिवेशनमार्फत् नयाँ कार्यसमिति चयन गरिने छ । साधारण सभा तथा अधिवेशनको तयारी पूरा भएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives