पोखरा, ४ भदौ । तीजको अवसरमा नेपाल निजामती कर्मचारी युनियन कास्कीले पोखरामा शनिवार शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा दुई सय बढीको सहभागिता रहेको थियो ।कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा संसदीय दल सचेतक ओमकला गौतमले संस्कार र संस्कृति अनुसार नै तीज मनाउनुपर्नेमा जोड दिनुभयो ।
समाजमा हुँदाखाने वर्ग पनि रहेको भन्दै तीजलाई भड्किलो बनाउन नहुने उल्लेख गर्नुभयो ।
युनियनका नेता सुरेन्द अधिकारीले कर्मचारीलाई निराश नपार्न आग्रह गर्नुभयो ।
त्यस अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, नेपाल निजामती कर्मचारी युनियन गण्डकी अध्यक्ष दिपक रेग्मी, उपाध्यक्ष अर्जुन गुरुङ, कास्की अध्यक्ष सुरेश कुमार श्रेष्ठ, पूर्व केन्द्रीय सचिव शिव गौतम, नेपाली काँग्रेस कास्कीका सहसचिव शंकर ढुङ्गाना, नवीन सिग्देल, नेता किरण तिवारी लगायतले बोल्नुभएको थियो ।
नेपाल निजामती कर्मचारी युनियन कास्की उपाध्यक्ष सीता ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य राम माया श्रेष्ठले स्वागत र सहसचिव दधिकला भुषाल(सञ्जु)ले संचालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान