सराङकोटको तीज मेलाका लागि विभिन्न उपसमिति गठन

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ४, २०७९
Mela

पोखरा, ४ भदौं । पोखरा – १८ सराङकोट हुने तीज मेला – २०७९ का लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

विन्दु थापाको संयोजकत्वमा खुला तीज गीत प्रतियोगिता उपसमिति गठन गरिएको छ । सदस्यमा इन्द्रा थापा, नवराज तिमिल्सिना, प्रेम प्रसाद तिमिल्सिना र उदय थापा रहनु भएको छ ।

इन्द्रा थापाको संयोजकत्वमा सविना क्षेत्री, विष्णु प्रसाद तिमिल्सिना, डिल्लीराम तिमिल्सिना र सोविता थापा सदस्य रहेको गृहिणी नृत्य प्रतियोगिता उपसमिमति गठन गरिएको छ ।

विष्णुहरि तिमिल्सिना संयोजक, बलराम तिमिल्सिना, खेमराज तिमिल्सिना सदस्य रहेको ठेलो प्रतियोगिता उपसमिमति र बलराम तिमिल्सिना संयोजक, रामहरि तिमिल्सिना, उमनाथ तिमिल्सिना सदस्य रहेको घैंटो फुटाई प्रतियोगिता उपसमिति गठन गरिएको हो ।

अन्नपूर्ण सामुदायिक विकास मञ्चले ‘लोक कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्वनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मेला गर्दैछ ।

महिला साना किसान कृषि सहकारी सराङ्कोट र नेपाल रेडक्रस सोसाईटी सराङ्कोटको सहआयोजनामा मेला हुन लागेको हो ।

मेला अन्नपूर्ण सामुदायिक मञ्चको प्राङ्गणमा भदौ १२ देखि १४ गतेसम्म हुने अध्यक्ष एवं कार्यक्रम संयोजक महेश कुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

मेला सम्पन्न गर्न अध्यक्ष महेश कुमार तिमिल्सिनाको संयोजकत्वमा एक सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । ‘मेलाको तयारी तिव्र पारिएको छ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो–सबैबाट साथ र सहयोगको अपेक्षा गरेका छौं।’

मेलाको आकर्षणमा खुला तीज गित प्रतियोगिता, गृहिणी नृत्य प्रतियोगिता, ठेलो हान्ने प्रतियोगिता र घैंटो फुटाई प्रतियोगिता रहेका छन् । तीज गितमा ५० बढी समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

तीज गित प्रतियोगितामा प्रथमलाई ६६ हजार ६६६, द्वितीयलाई ३३ हजार ३३३ र तृतीयलाई २२ हजार २२२ र प्रमाण पत्र प्रदान गरिने छ ।

गृहिणी नृत्यतर्फ प्रथमलाई १५ हजार र द्वितीयलाई ५ हजार र प्रमाण पत्र, ठेलोतर्फ प्रथमलाई २० हजार, द्वितीयलाई ८ हजार मेडल र प्रमाण पत्र, घैंटो फुटाईतर्फ विजेतालाई ५ हजार र प्रमाण पत्र प्रदान गरिने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives