घट्यो सुनको मूल्य

रासस
भाद्र २, २०७९
gold

काठमाडौँ, २ भदौ (रासस) ःसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार नौ सय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु तीन सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार चार सय छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार एक सय ९५ तोकिएकोे छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives