कर्मशीलका सदस्यलाई युआरएल र अन्नपूर्ण सिटीमा छुट

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ३१, २०७९
karmasil

पोखरा, ३१ असार । कर्मशीलका सदस्यलाई युआरएल र अन्नपूर्ण सिटीमा छुट पोखरा, ३१ साउन कर्मशील बचता तथा ऋण सहकारी पोखरा ८ सभागृहचोकका सेयर सदस्य र कर्मचारीले स्वास्थ्योपचारमा छुट पाउनु हुने भएको छ ।

उहाँहरुले पोखराको महेन्द्रपुलमा रहेको अन्नपूर्ण सिटी क्लिनिकका सबै सेवामा १० प्रतिशत छुट पाउनु हुने छ। अन्नपूर्ण सिटी पोखरा र काठमाडौंका विशेष विशेक्षता हासिल गरेका डाक्टरबाट सञ्चालित सुपर स्पेसालिटी क्लिनिक हो ।

यस्तै, उहाँहरुले युआरएल र अन्नपूर्ण प्याथ ल्याबका सबै प्रकारका जाँचमा ३० प्रतिशत छुट पाउनु हुने  छ । युआरएल गण्डकी प्रदेशको पहिलो र लोकप्रिय रेफरेन्स ल्याब हो भने अन्नपूर्ण प्याथ ल्याब महेन्द्रपुलमा छ ।

छुटसम्बन्धी सम्झौतामा युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्त र कर्मशीलका सञ्चालक समिति अध्यक्ष संगीता गौतम तिमिल्सिनाले मंगलबार हस्ताक्षर गर्नुभएको छ ।

युआरएलका अध्यक्ष पन्तले कर्मशीलका सेयर सदस्य र कर्मचारीले युआरएल केन्द्रीय कार्यालयसहितका सबै सेवा केन्द्र र अन्नपूर्ण सिटी क्लिनिकमा छुट दिइने बताउनुभयो ।

युआरएलले सामाजिक उत्तरदायित्व बहन गर्ने छुट प्रदान गर्ने सम्झौता गरेको कर्मशील १ सय १८ औं संस्था हो । प्रदेशबासीलाई गुणस्तरीय ल्याब सेवा प्रदान गर्न प्रतिवद्ध युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी निशुल्क शिविर आयोजना गर्ने गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives