सराङकोटमा तीज मेला हुने

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ३१, २०७९
Mela

पोखरा, ३१ साउन ।‘लोक कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्वनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पोखरा – १८ सराङकोटमा तीज मेला – २०७९ हुने भएको छ ।

अन्नपूर्ण सामुदायिक विकास मञ्चको आयोजना तथा महिला साना किसान कृषि सहकारी सराङकोट र नेपाल रेडक्रस सोसाईटी सराङकोटको सहआयोजनामा मेला हुन लागेको हो ।

मेला अन्नपूर्ण सामुदायिक मञ्चको प्राङ्गणमा भदौ १२ देखि १४ गतेसम्म हुने अध्यक्ष एवं कार्यक्रम संयोजक महेश कुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

मेला सम्पन्न गर्न अध्यक्ष महेश कुमार तिमिल्सिनाको संयोजकत्वमा एक सय एक सदस्यीय मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ । मूल आयोजक समिति र उपसमितिहरुले मेलाको तयारी तिव्र पारेका छन् ।

‘मौलिक कला, संस्कृति, धर्म, रितिरीवाजको संरक्षण र प्रवद्र्वनका लागि पहिलो पटक मेला गर्दैछौं, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो–मेलाले मौलिक कला र संस्कृतिका बारेमा युवा पुस्तालाई जानकारी पनि दिनेछ।’

मेलाको आकर्षणमा खुला तीज गित प्रतियोगिता, गृहिणी नृत्य प्रतियोगिता, ठेलो हान्ने प्रतियोगिता र घैंटो फुटाई प्रतियोगिता रहेका छन् । तीज गितमा ५० बढी समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

तीज गित प्रतियोगितामा प्रथमलाई ६६ हजार ६६६, द्वितीयलाई ३३ हजार ३३३ र तृतीयलाई २२ हजार २२२ र प्रमाण पत्र प्रदान गरिने छ ।

गृहिणी नृत्यतर्फ प्रथमलाई १५ हजार र द्वितीयलाई ५ हजार र प्रमाण पत्र, ठेलोतर्फ प्रथमलाई २० हजार, द्वितीयलाई ८ हजार मेडल र प्रमाण पत्र, घैंटो फुटाईतर्फ विजेतालाई ५ हजार र प्रमाण पत्र प्रदान गरिने छ ।

मेलामा १० हजार बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives