पोखराका विद्यालयलाई स्थानीय विदा

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २९, २०७९
school

पोखरा, २९ साउन । पोखरा महानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुलाई साउन ३१ गते स्थानीय विदा दिइएको छ ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाले आज सूचना प्रकाशित गरी सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरीलाई साउन ३१ गते स्थानीय विदा दिएको जनाएको हो।

महाशाखा निर्देशक हेम प्रसाद आचार्यलले सूचना प्रकाशित गरी सो दिन तमु(गुरुङ) समुदायले मनाउने ट्होटे पर्व परेकाले आफैले गर्न सक्ने स्थानीय विदाबाट कट्टा हुने गरी विदा दिन अनुरोध गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार