श्री कृष्ण प्रणामी मन्दिरमा रक्षाबन्धन विशेष कार्यक्रम हुँदै

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २६, २०७९
Mandir

पोखरा, २६ साउन । रक्षाबन्धनको अवसरमा पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरमा शुक्रबार रक्षाबन्धन विशेष कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा करिब चार सय जनाले रक्षाबन्धन ग्रहण गर्ने अनुमान गरिएको छ ।

मन्दिरमा साउन २ गतेदेखि श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम पनि जारी नै रहेको छ । कथा कार्यक्रम भदौ ३ गतेसम्म चल्नेछ ।

भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ । जन्माष्टमीको कार्यक्रमको तयारी तिव्र पारिएको अध्यक्ष पुरुषोत्तम रेग्मीले जानकारी दिनुभयो ।

कथा कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले सङ्गीतमय कथा प्रवचन गर्नुभएको छ ।

हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्ने कार्यक्रममा दैनिक तीन सय बढी सुन्दरसाथजी भक्तजनको सहभागिता रहेको सचिव देवी प्रसाद खतिवडाले जानकारी दिनुभयो । हालसम्म करिब आठ हजार भक्तजनले सहभागिता जनाउनु भएको छ ।

मन्दिर स्थापनाकाल २०४८ सालदेखि नै वर्षेनी कार्यक्रम गर्ने गरिएको छ । यसपटक समेत गरी ३१ औ पटक कार्यक्रम गरिएको हो।

Related News

सम्बन्धित समाचार

Archives

Archives