एम्बुलेन्सको ठक्करबाट मृत्यु

रासस
श्रावण २६, २०७९
accident-600×0-11072017101555-1000×0-19112017013237-600×0

बाग्मती, २६ साउन (रासस):हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।

एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार