पोखरा, २३ साउन । पोखरा – ५ पस्र्याङमा २ एस सर्भिस सेन्टर पोखरा अटो वर्कस संचालनमा ल्याइएको छ ।
नेपालका लागि महिन्द्रा फोरव्हिलको एक मात्र आधिकारीक विक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीको सुविधका लागि संचालनमा ल्याएको हो । पोखरा अटो वर्कस अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्श प्रा.लिको सब डिलर कम्पनी पनि हो ।
सोमबार आयोजित कार्यक्रमबीच अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा र बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले अटो वर्कसको उद्घाटन गर्नुभयो ।
अग्नी ग्रुपले हाल देशभर आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई सेवा दिइरहेको छ । ग्रुपले उत्कृष्ट र सहज सेवाको पहुँच बढाउने उद्देश्यले थप नेटवर्क विस्तार गर्दै डिलर र सब डिलरहरु संचालन गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रमका अध्यक्ष आनन्दराज बतासले सबैको सहयोग र सद्भाव पाइरहेको बताउनुभयो ।
त्यस अवसरमा बतास अर्गनाइजेशनका प्रमुख संचालन अधिकृत राजेश रानाभाटले पनि बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives