लियो ३२५ जे नेपालको पहिलो बोर्ड बैठक

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २२, २०७९
Meeting

हेमजा, २२ साउन । लियो जिल्ला परिषद् ३२५ जे नेपालको पहिलो बोर्ड बैठक लियो हेमजाको संयोजनमा शनिवार पोखरा २५ हेमजामा भएको छ ।

बैठकमा वार्षिक कार्ययोजनाको बारेमा छलफल भएको थियो । परिषद्का लायन्स वर्ष ०२२÷२३ का अध्यक्ष लयो किरण थापा मैनालीको अध्यक्षतामा बैठक भएको हो ।

लायन्स लियो ३२५ जे नेपालका चिफ एडभाइजर रामराज थापाको प्रमुख आतिथ्यतामा भएको बैठकमा जिल्लाका विभिन्न पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकले यस लायन वर्षका लागि बजेट तथा वार्षिक कार्ययोजना तय गर्नुका साथै जिल्लाको पहिलो जिल्ला परिषद् बैठक भाद्र अन्तिम साता काठमाडौंमा गर्ने लगायतका निर्णय गरेको छ ।

उक्त अवसरमा लियो क्लव अफ हेमजाले सर्भिस ज्याकेट वितरण गरिएको थियो । ज्याकेट पोखरा २५ हेमजा युनाइटेडले सहयोग गरेको हो ।

बैठकमा लियो क्लब अफ हेमजाले स्वस्तिका बाँस्तोला, अनिता के.सी, अनिषा अधिकारी, रुबिना कुँवर, मनिसा के.सी, गोविन्द तिमिल्सिना, दिवश बराल, उज्ज्वल त्रिपाठी, अभिनय अधिकारी र प्रविन अधिकारीलाई नयाँ सदस्यको रुपमा स्वागत गरिएको थियो ।

जिल्लाका उपाध्यक्ष विष्णु प्रसाद दाहालले स्वागत गरि सुरु भएको बैठकमा ध्वजाको अभिवादन कमिटीका प्रमुख सविना तिमिल्सिनाले, लियो प्लेज परिषद्का क्षेत्रीय संयोजक संंगित श्रेष्ठ, संचालन जिल्ला सचिव सस्मिना खतिवडा र बैठकको संयोजन लियो क्लब अफ हेमजाका अध्यक्ष निराजन अधिकारीले गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives