पोखरा, २१ साउन । पोखरामा श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम जारी रहेको छ ।
पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरको आयोजनामा साउन २ देखि कार्यक्रम शुरु भएको हो । कार्याक्रम भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ ।
कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले सङ्गीतमय कथा प्रवचन गर्नुभएको छ ।
‘धार्मिक तथा आध्यात्मिक जागरणका लागि कार्यक्रम महत्वपूर्ण रहनेछ मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीले भन्नुभयो– कार्यक्रममा सहभागी भएर पुण्यलाभ गर्न अनुरोध गर्दछौं ।’
कार्यक्रम हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ। दैनिक करिब तीन सय सुन्दरसाथजी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ ।
हालसम्म ६ हजार बढी भक्तजनले कार्यक्रममा सहभागिता जनाएको मन्दिरका सचिव देवी प्रसाद खतिवडाले जानकारी दिनुभयो ।
मन्दिर स्थापनाकाल २०४८ सालदेखि नै वर्षेनी कार्यक्रम गर्ने गरिएको छ । यसपटक समेत गरी ३१ औ पटक कार्यक्रम गरिएको हो।
साउन २७ गते रक्षबन्धनको दिन विशेष कार्यक्रम पनि गरिनेछ ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives