अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६००मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार १०० थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
घट्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य
नेप्से परिसूचक उकालो यात्रामा
सुनचाँदीको मूल्यमा गिरावट
चालु आव सकिन सात दिन बाँकी : राजस्व सङ्कलन १० खर्ब ७० करोड