काठमाडौँ, १२ साउन (रासस) ःपछिल्लो समय कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षण गरिएको नमूनाको १४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।
आज पाँच हजार २५ नमूनाको परीक्षण गर्दा ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ । जुन १४ प्रतिशत बढी हो ।
आज दुई हजार ५४१ नमूनाको पिसीआर विधिबाट परीक्षण गर्दा ५२४ र दुई हजार ४८४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज २१५ सङ्क्रमणमुक्त भएका छन् । दुई जनाको मृत्यु भएको छ ।
सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार २३६ पुगेको छ । आज ५९ हजार ४७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना श्रष्टालाई सम्मान अर्पण गर्दै
साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम
स्व. रविन्द्रको जन्मजयन्तीमा रक्तदान र परिसंवाद
विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार पोखराका संरक्षणकर्मी आचार्यलाई
विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना
Archives
Archives