दमौली, ४ साउन (रासस) :पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।
मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको उहाँले बताउनुभयो । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
वैशाख २६, २०८२गण्डकी कोटिहोममा एक सय बढीको सामूहिक व्रतबन्ध
वैशाख २४, २०८२कोटिहोममा आउनेको स्वर– ‘यो त साँचीकै ऐतिहासिक रहेछ’
वैशाख २३, २०८२उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिने
वैशाख २१, २०८२कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति बढ्दै
वैशाख २०, २०८२
Related News
सम्बन्धित समाचार
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउने
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
गिद्धदेखि गैँडासम्मः लाटोकोसेरो प्रेमीको अविस्मरणीय यात्रा (फोटो फिचर–राजु आचार्य)