पोखरा, ३२ असार । पोखरामा हुन लागेको श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रमको प्रचारप्रसार गर्दै शनिवार मोटरसाइकल ¥याली निकालिएको छ ।
पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरको आयोजनामा कार्यक्रम हुन लागेको हो । मन्दिर प्राङ्गणबाट सुरु भएको मोटरसाइकल ¥यालीले एयरपोर्ट, मुस्ताङचोक, राष्ट्र बैंक चोक, रत्न चोक, सृजना चोक, पृथ्वी चोक, नागढुङ्गा लगायतका क्षेत्र परिक्रमा गरेको थियो ।
कथा कार्यक्रम साउन २ देखि भदौ ३ गतेसम्म चल्ने मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीले जानकारी दिनुभयो । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ ।
कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले सङ्गीतमय कथा प्रवचन गर्नुहुने छ । कार्यक्रम हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ । दैनिक करिब तीन सय सुन्दरसाथजी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ ।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । मन्दिर स्थापना काल २०४८ सालदेखि नै वर्षेनी कार्यक्रम गर्ने गरिएको छ । यसपटक समेत गरी ३१ औ पटक कार्यक्रम गरिदैछ । कार्यक्रम सम्पन्न गर्नका लागि सात लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । ं
भक्तजनबाट प्राप्त दान, भेटीबाट कार्यक्रमको खर्च व्यवस्थापन गरिनेछ । बचत भएको रकम मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि खर्च गर्ने योजना छ ।
कार्यक्रम उद्घाटन अघि साउन २ गते कलश यात्रा गरिने छ । साउन २७ गते रक्षबन्धनको दिन विशेष कार्यक्रम गरिनेछ ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives