कर्मचारी युनियन र कास्की काँग्रेसका पदाधिकारीबीच छलफल

राष्ट्र न्यूज सम्वाददाता
असार ३२, २०७९
Karmachari Union

पोखरा, ३२ असार । नेपाल निजामती कर्मचारी युनियन कास्कीले शनिवार नेपाली काँग्रेसका पदाधिकारीहरुसँग छलफल, भेटघाट तथा अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा कर्मचारीका अगुवा नेता र कास्की काँग्रेसका पदाधिकारीहरुको सहभागिता रहेको थियो । पार्टी र कर्मचारीबीचको सहकार्य बढाउने उद्देश्यले कार्यक्रम गरिएको युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले जनताको मन जित्ने गरी काम गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उहाँले कर्मचारी स्थायी सरकार भएकाले कर्मचारीको मनोबल उच्चो पार्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल निजामती कर्मचारी युनियनका निवर्तमान बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले संघीय निजामती सेवा ऐनका लागि कडा संघर्ष गर्नुपर्ने बेला आएको बताउनुभयो ।

त्यस अवसरमा नेपाली काँग्रेस कास्कीका उपसभापति रामबाबु भण्डारी, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष दीपक रेग्मी, नेपाली काँग्रेस कास्कीका सहसचिव नवीन सिग्देल, युनियनका निवर्तमान अध्यक्ष डार्विन लम्साल लगायतले बोल्नुभएको थियो ।

नेपाल निजामती युनियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुमन शर्माले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives