उपसभामुखमा कांग्रेसका गौतमको उम्मेदवारी दर्ता

रासस
असार ३०, २०७९
RS_KTM

नेपाली काँग्रेसका सचेतक पुष्पा भुसाल गौतम बिहीबार प्रतिनिधिसभाको उपसभामुख पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराउँदै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौँ, ३० असार (रासस) ःसत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उहाँले उपसभामुखको उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सो उम्मेदवारीमा नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी समर्थक हुनुहुन्छ ।

लामो समयदेखि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहँदै आएको थियो । सत्तारुढ गठबन्धनकातर्फबाट साझा उम्मेदवारका रुपमा गौतमको उम्मेदवारी परेको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives