पोखरा, १९ असार । ईश्वरीय मार्ग भजन मण्डल सच्चाइ केन्द्र नेपाल पोखरा १३ काँहुखोला शाखाले शनिवार सम्मान कार्यक्रम गरेको छ ।
केन्द्रले पोखरा महानगरपालिका वडा नं १३ मा निर्वाचित जनप्रतिनिधि, सल्लाहकार र पत्रकारहरुलाई सम्मान गरेको हो ।
शाखाका प्रमुख राजकुमार खत्री र उपप्रमुख लक्ष्मी खत्रीलगायतले सम्मान पत्र सहित माला लगाईदिएर सम्मान गर्नुभएको थियो ।
सम्मानित हुनेहरुमा पोखरा १३ का वडाअध्यक्ष किरण बराल, सदस्यहरु बल बहादुर बराल, रजनी परियार र सुचित्रा तामाङ हुनुहुन्छ ।
त्यस्तै सल्लाहकारहरु टंक भट्टराई, नवीन सिग्देल र पत्रकार शोभाकान्त सिग्देललाई सम्मान गरिएको छ ।
कार्यक्रममा शाखाका प्रमुख राजकुमार खत्रीले आध्यात्मिक चिन्तनमा शक्ति हुने बताउनुभयो ।
उपप्रमुख लक्ष्मी खत्रीले शुद्व मनले गरिने कर्मबाट फल प्राप्त हुने र मानवीय जीवनका लागि आनन्द र शान्ति आवश्यक रहेको उल्लेख गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान
नागीधार महोत्सव सकियो
काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि