नेपाल राष्ट्र बैंकले पोखरामा सञ्चालनमा ल्याएको ‘बैंक नोट श्रेड्डिङ एण्ड ब्रिकेटिङ सिस्टम'(बीएसबीएस) मेसिनको शुक्रबार ‘स्वीच’ थिचेर शुभारम्भ गर्नुहुँदै गभर्नर महाप्रसाद अधिकारी । तस्बिर :वासुदेव पौडेल/रासस
मेसिन सञ्चालनको स्वीच अन गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहकाबीच शुभारम्भ गर्नुभयो ।
यसअघिसम्म आगोको प्रयोगबाट जलाएर नोट नष्ट गर्ने गरिएकामा अब भने बिएसबिएस मेसिनका माध्यमबाट नोट नष्ट गरिनेछ । नष्ट गरिएका नोटबाट ब्रिकेट उत्पादन हुने जनाइएको छ ।
कार्यक्रममा गभर्नर अधिकारीले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे मेसिनका कारण वातावरणीय प्रदूषणमा पनि राहत पुग्ने बताउनुभयो ।
बैंकको कार्यलाई आधुनिक एवं प्रविधियुक्त बनाउनका लागि बिएसबिएस मेसिनको प्रयोग उपयोगी बन्ने उहाँले बताउनुभयो ।
यसअघि प्रचलनमा आउन अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकामा बिएसबिएस मेसिनको प्रयोगबाट त्यसलाई ससाना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने कार्यक्रममा जानकारी गराइयो ।
Related News
सम्बन्धित समाचार
स्रोत नखुलेको ६९ लाख रकमसहित तीन पक्राउ
जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु , नौ जना घाइते
३६ लाख नगदसहित पक्राउ
निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृह कार्यमा छौँ ः आयोग
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण