काठमाडौँ, १६ असार (रासस) :निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताउनुभएको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको बताउनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा बाध्यतावश र सुरक्षाका कारणले मत गणनामा तारबार लगाउनुपरेको उल्लेख गर्दै लोकतन्त्रमा त्यस्तो गरिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्नुभयो ।
प्रमुख आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा कर्मचारीलाई दिइएको सुविधा बढी वा घटी नभई यथार्थपरक भएको स्पष्ट पार्नुभयो । आयोगले स्थानीय तह निर्वाचनबारे सातवटै प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना श्रष्टालाई सम्मान अर्पण गर्दै
साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम
स्व. रविन्द्रको जन्मजयन्तीमा रक्तदान र परिसंवाद
विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार पोखराका संरक्षणकर्मी आचार्यलाई
विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना
Archives
Archives