कास्की काँग्रेसको बैठक, विभिन्न निर्णय

राष्ट्र न्यूज सम्वाददाता
असार १२, २०७९
kaski congress

पोखरा, १२ असार । नेपाली काँग्रेस कास्कीको शनिवार सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

नेपाली काँग्रेस कास्की सभापति किशोरदत्त बरालको सभापतित्वमा वसेको वैठकले स्थानीय तहको निर्वाचनको समिक्षा सहित विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले, पार्टीका तर्फवाट उम्मेदवार बनेर स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई असार २५ गते वधाई ज्ञापन तथा सम्मान गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले, श्रावण ६ गते महामानव वी.पी.कोइरालाको स्मृति दिवसका दिन रचनात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले, महाधिवेशन प्रतिनिधि सुरजजंग राणाका पिता हर्कजंग राणा र क्रियाशिल सदस्य पोखरा ६ का विष्णु लामिछानेको असामयिक निधन प्रति दुःख व्यक्त गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives