जलेश्वर, ३१ जेठ (रासस) ःमहोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित गौरीडाँडामा रहेको एक घरमा आज बिहान आगलागी हुँदा चार लाखको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय सरोज तोलागेंको दुईतल्ले काठको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ ।
आगलागीबाट नगद, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचर सहितका सरसामानहरु जलेर नष्ट भएको छ । आगलागी स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी