पर्वत, ३० जेठ (रासस) ःभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ ।
प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ । साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्नका लागि पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लादेखि कास्कीको पोखरा महानगरपालिकास्थित पामेसम्म सुरुङमार्ग निर्माण गरिने भएको हो ।
यसका लागि सम्भाव्यता अध्ययनको योजनामा समावेश गर्नका लागि मन्त्रालयले सडक विभागलाई स्वीकृति प्रदान गरेसँगै काम अघि बढ्ने छ । यही जेठ २६ गतेको सचिवस्तरको बैठकको निर्णयअनुसार विभागलाई स्वीकृति प्रदान गरिएको सो मन्त्रालयका शाखा अधिकृत रामजी घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रालयबाट स्वीकृत भएसँगै सडक विभागलाई काम अघि बढाउन पत्राचारसमेत गरिसकिएको छ । सुरुङमार्ग आयोजनाको अध्ययनको काम आगामी आर्थिक वर्षबाटै सुरु हुने जनाइएको छ ।
सुरुङमार्ग बनेपछि ६० किलोमिटर लामो सडक जम्मा १० देखि १२ किलोमिटरमा पामे, घाटीछिनामा जोडिने भएको छ । यसका लागि आगामी आर्थिक वर्षमा मन्त्रालयले आवश्यक बजेट व्यवस्थापन गर्ने जनाइएको छ । उक्त सुरुङमार्ग निर्माण भएपछि पर्वतबाट अहिले दुई घण्टा लाग्ने यात्रा अवधि आधा घण्टामै छोटिने अनुमान गरिएको छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते