संसद्मा आगामी आवको बजेट पेश

रासस
जेठ १५, २०७९
RS_KTM_20220529_161813

अर्थमन्त्री जनार्दन शर्मा प्रतिनिधिसभाको आइतबारको बैठकमा आव ०७९÷८० को बजेट प्रस्तुत गर्ने क्रममा । तस्बिरः रत्न श्रेष्ठ÷ रासस

काठमाडौँ, १५ जेठ (रासस) :सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश भएको छ ।

आज अपराह्न ४ बजे बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश गर्न अनुमति दिनुभएको थियो । अहिले बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहनुभएको छ ।

यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट पारित गरेको थियो । प्रतिनिधिसभाको बैठकले शनिबार सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । साथै आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives