गलकोट, ८ जेठ (रासस) :पलम (आल्चा) र ऐँसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन् ।
शनिबार घर नजिकैको बारीमा पलम र ऐँसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ ।
ऐँसेलु र पलम खाएका बालबालिकामा झाडापखला, वान्ता लगायतका समस्या देखिएर गम्भीर बनेपछि चारैको अहिले धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।
ऐँसेलु र पलम खाँदा बिरामी परेका १० वर्षका विपना सुनार, ११ वर्षका विनोद विक, तीन वर्षका सायना सुनार र १४ वर्षका मिलन सुनारको उपचार भइरहेको छ, भने सपना सुनारको घरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
उनीहरुले खाएको पलम र ऐँसेलुले विषाक्त बनाएका कारण बिरामी परेका र उनीहरुको अवस्थामा अहिले सामान्य सुधार भइरहेकोे धौलागिरि अस्पतालका बालरोग विशेषज्ञ डा कृति कँडेलले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम
कोटिहोममा पुन जेठ १० गते देवी प्रतिभा आउँदै, १४ गते राधिकादासी
हेमजामा ३५ वर्ष माथिको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन