काठमाडौँ, ७ जेठ (रासस) :पछिल्लो २४ घण्टामा हावाहुरीसहितको वर्षा र चट्याङबाट मुलुकका विभिन्न जिल्लामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहरीका कारण चितवनमा तीन र चट्याङ लागेर खोटाङ र सुनसरीमा एक/एक जनाको मृत्यु भएको हो ।
यस्तै हावाहुरीका कारण घाइते हुनेमा चितवनमा दुई, कैलालीमा आठ र चट्याङबाट प्यूठानमा एकजना घाइते भएका छन् ।
पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १२ जिल्लामा १८ वटा विपद्जन्य घटना भएकामा पाँच जिल्लामा बढी धनजनको क्षति भएको जनाइएको छ ।
भौतिक क्षतिको भने विवरण आइसकेको छैन । कतिपय ठाउँमा रूख, पोल ढलेर राजमार्ग अवरुद्ध भएको छ ।
Related News
सम्बन्धित समाचार
ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला
पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो
एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने
अझै सुध्रिएन नरभक्षी बाघको आनीबानी
पाँचथरमा पहिराले घर बगाउँदा तीन जना बेपत्ता