हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत

रासस
जेठ ७, २०७९
dead-body

चितवन, ७ जेठ (रासस) ःशुक्रबार साँझ आएको हावाहुरीका कारण मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।

हावाहुरीले रुख ढाल्दा च्यापिएर एउटा अटो र एउटा म्याजिकमा सवार तीन जनाको मृत्यु भएको थियो । यससँगै जिल्लाका विभिन्न क्षेत्रमा हावाहुरीका कारण ठूलो क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–११ को भोजाड जङ्गलमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना२ह २२४७ नम्बरको अटो सवारी साधन रुखले च्यापिँदा चालक स्थानीय ५१ वर्षीय प्रदीपकुमार लामाको मृत्यु भएको छ ।

सोही अटोमा सवार गोरखा गण्डकी गाउँपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–७ कटहर चोक बस्ने २८ वर्षीया माया गुरुङको मृत्यु भएको हो ।

यस्तै सोही समयमा भरतपुरको बसेनी चोकमा ना१ज ६१४० नम्बरको म्याजिकलाई रुखले किच्दा त्यसमा सवार स्थानीय ४८ वर्षीय लोकनाथ न्यौपानेको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हावाहुरीका कारण विभिन्न स्थानमा गरी ११ घाइते भएका छन् । उनीहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हावाहुरीका कारण ठाउँठाउँमा बिजुलीका पोल ढल्दा शुक्रबार साँझबाट जिल्लाका धेरै ठाउँमा विद्युत् अवरुद्ध भएको छ ।

साँझसम्ममा विद्युत् प्रवाह हुने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ । रुख र बिजुलीका पोल ढलेपछि अवरुद्ध बनेका सडक पन्छाई सुचारु गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

रुखमुनि राखिएका धेरै सवारी साधनमा क्षति पुगेको छ । नारायणी नदीको पुलमा रहेका अधिकांश विद्युत् पोल ढलेका छन् । पुलमा ट्रक पल्टिएपछि सडक अवरुद्ध बनेको थियो ।

Related News

सम्बन्धित समाचार

  • आलुको पहाडसँगै तस्विर खिच्नेको भीड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८१
    पोखरा, २६ चैत । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको…
  • संगीतमय बन्यो आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८१
    पोखरा, २५ चैत । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ । महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे…
  • संगीतमय बन्यो आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८१
    १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ ।महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे कलाकार राजु परियार, शिला आले,…
  • हेमजामा आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २४, २०८१
    पोखरा, २४ चैत ।आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका…
  • अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २०, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले आयोजना गरेको अन्तर सामुदायिक मैत्रिपूर्ण ब्याडमिन्टन प्रतयोगितामा आयोजकको जोडि…