काठमाडौँ, ६ जेठ (रासस) :गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मङ्गलबार सङ्घीय संसद्मा पेश हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराउनुभयो ।
त्यसदिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्तरूपमा बोलाइएको छ । अपराह्न ४ बजेका लागि बोलाइएको बैठकका नीति तथा कार्यक्रम पेश हुनेछ ।
Related News
सम्बन्धित समाचार
ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला
पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो
एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने
अझै सुध्रिएन नरभक्षी बाघको आनीबानी
पाँचथरमा पहिराले घर बगाउँदा तीन जना बेपत्ता