काठमाडौँ, ६ जेठ (रासस) :सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९७ हजार ३०० तोकिएको छ ।
पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ले बढेर रु एक हजार २७० तोकिएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान
चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण
सुनको मूल्य घट्यो
किन घटेन पेट्रोलियम पदार्थको मूल्य ?
माथिल्लो अरुण जलविद्युत् आयोजना : सर्वसाधारणबाटै ३२ अर्ब जुटाउने तयारी