पर्वत, २६ वैशाख (रासस) ःआसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चारदिनका लागि बन्द गरिएको छ ।
निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमनलगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाद्वारा जारी सूचनामा जनाइएको छ ।
नागरिकता, नाबालक, राष्ट्रिय परिचयपत्र, राहदानी, पेन्सनलगायतका सेवा आगामी जेठ ३ गतेदेखि नियमित हुने जनाइएको छ । त्यस्तै जिल्ला मालपोत कार्यालयका सेवा पनि यही वैशाख २७ गतेदेखि बन्द हुने भएका छन् ।
निर्वाचनमा एक हजार १७६ कर्मचारी परिचालन हुने भएका छन् । यसैगरी जिल्लामा मादक पदार्थ बिक्री वितरण र सेवनमा निषेध गरिएको छ । निर्वाचनलाई लक्षित गरी प्रशासनले वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न नगराउन आदेश जारी गरेको छ ।
मदिरा सेवनका कारण समाजमा होहल्ला, झैझगडा तथा गैरकानुनी र अपराधिक क्रियाकलाप हुनसक्ने भन्दै मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको प्रजिअ सापकोटाले बताउनुभयो ।
त्यसैगरी मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनबाहेकका सवारी साधन बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्न÷नगराउन पनि प्रशासन अनुरोध गरेको छ ।
प्रशासनले जारी सूचना विपरितका कार्य तोकिएको अवधिमा गरे÷गराईएको पाइएमा कानुन अनुसार कारबाही गरिनेसमेत प्रजिअ सापकोटाले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी