कास्की, १६ वैशाख (रासस) ःपोखरा महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेताद्वय ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
दुबै जनाले आज शहीदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी फिर्ता लिनुभएको हो । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा पोखराको प्रमुख सत्ता गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को भागमा परेपछि असन्तुष्ट हुँदै उहाँहरुले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
मनोनयन फिर्तापछि सापकोटाले आफूले साङ्केतिकरुपमा गठबन्धनको विरोधमा उम्मेदवारी दिएपनि पार्टी नेतृत्वले आगामी दिनमा आमकार्यकर्ताको भावनाअनुसार अघि बढ्ने प्रतिवद्धता जनाएकाले फिर्ता भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आफ्नो कारणले केन्द्रको गठबन्धन विग्रन सक्ने सम्भावना र पार्टी केन्द्रको निर्देशन, नेताको आग्रहअनुसार उम्मेदवारी फिर्ता लिएको हुँ । हामीले हाम्रा असन्तुष्टि पार्टी नेतासमक्ष स्पष्ट राखेका छौँ । आगामी दिनमा त्यसलाई सम्वोधन हुने विश्वास छ ।”
उम्मेदवारी फिर्तापछि आफूहरुको समर्थन गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यलाई रहने र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन लागि पर्ने तिवारीले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives