जनकपुर, १३ वैशाख (रासस) ःधनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
ना.२ख ८६२४ नंको ट्रकमा लु८३ प ८६५१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ का १९ वर्षीय सुमित टिण्डेवाल र धनुषाकै बिदेह नगरपालिका–६ का २२ वर्षीय अविनाश मण्डलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो ।
मृतक एकजनाको खनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि तत्काल जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।
उपचारकै क्रममा तीनै जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउने
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
गिद्धदेखि गैँडासम्मः लाटोकोसेरो प्रेमीको अविस्मरणीय यात्रा (फोटो फिचर–राजु आचार्य)