आगलागीबाट चार बालबालिकाको मृत्यु

रासस
वैशाख १०, २०७९
dead-body

कर्णाली, १० बैशाख (रासस) :तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।

आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिनुभयो ।

“आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो”, प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो, “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।” आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उहाँले बताउनुभयो ।

आगलागीका कारण बेहोस भएका मानसिं र उहाँकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।

मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको उहाँले जनाउनुभयो । घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • समानुपातिकतर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र

    रासस मंसिर २१, २०७९
    काठमाडौँ, २१ मङ्सिर (रासस) :यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन…
  • हात्तीको आक्रमणबाट मृत्यु

    रासस मंसिर २१, २०७९
    दोधारा चाँदनी, २१ मङ्सिर (रासस)ःकञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मङ्गलबार मृत्यु भएको छ ।…
  • पुलबाट ट्रक खस्दा एकको मृत्यु

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २०, २०७९
    भरतपुर, २० मङ्सिर (रासस):नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको…
  • कांग्रेसमा अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन

    रासस मंसिर १८, २०७९
    काठमाडौँ, १८ मङ्सिर (रासस) :नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग…
  • मोक्षदा एकादशी : गीता जयन्ती मनाइँदै

    रासस मंसिर १८, २०७९
    काठमाडौँ, १८ मङ्सिर (रासस) :वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम…