पोखरा, ६ वैशाख । सरकारले आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउन लागेको हो ।
भिटामिन ‘ए’ क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइने परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिनुभयो ।
भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । उहाँका अनुसार भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ । उक्त कार्यक्रमका लागि रु ६ करोड ७२ लाख बजेट बिनियोजन गरिएको उहाँले बताउनुभयो ।
वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । मन्त्रालयले नजिकैको वितरण केन्द्रमा गई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।
यता कास्कीमा ३४ हजार ९ सय ७ जना बालबालिकालाई भिटामिन ‘ए’ र ३१ हजार ८३ जना बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय कास्कीकीका प्रमुख बद्रि आचार्यले जानकारी दिनुभयो ।
कास्कीका स्वास्थ्य संस्थाहरुमा भिटामिन ‘ए’ र जुकाको औषधि पुगिसकेको छ । कार्यक्रमका लागि कास्कीमा एक हजार ५० जना स्वास्थ्यकर्मी परिचालन गरिएको प्रमुख आचार्यले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते