श्रेनाको पहिलो शाखा बेगनासतालमा बिस्तार

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ४, २०७९
Shrena

पोखरा, ४ वैशाख । पोखरा ८ नागढुङ्गास्थित श्रेना युनिसेक्स सैलुन एण्ड टेनिङ्ग सेन्टरले पोखरा ३१ बेगनासतालमा शाखा बिस्तार गरेको छ ।

नेपाल व्यूटिसियन संघकी केन्द्रीय अध्यक्ष भगवती खड्काले लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, नेपाल व्यूटिसियन संघकी केन्द्रीय उपाध्यक्ष चिनु गुरुङ र नेपाल प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष नवीन सिग्देलको उपस्थितिमा आइतबार शाखा उद्घाटन गर्नुभयो ।

शाखा उद्घाटन गर्दै अध्यक्ष खड्काले महिलालाई सफल बनाउन परिवार र समाजको सकारात्मक सहयोग आवश्यक पर्ने बताउनुभयो ।
उहाँले महिलाहरु चुनौतिलाई छिचोल्दै अघि बढ्न आवश्यक रहेको औल्याउनुभयो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष आत्रेयले हरेक व्यवसायका लागि सीप आवश्यक रहेको बताउनुभयो ।

करिब २० लाखको लगानीमा शाखा सञ्चालन गरिएको हो । ‘यो पहिलो शाखा हो, सञ्चालनमा ल्याउँन पाउँदा खुशी छु, संचालक शर्मिला रानाभाटले भन्नुभयो, अन्य स्थानमा पनि शाखा बिस्तार गर्ने तयारीमा छु ।’

रानाभाट विगत १३ वर्षदेखि व्यूटिसियन पेशामा आवद्व हुनुहुन्छ । रानाभाटले आठ वर्ष कुँवेतमा रहेर व्यूटिसियन पेशा गर्नुभयो । कुँवेतबाट फर्केपछि पाँच वर्ष अघि पोखरा ८ नागढुङ्गामा श्रेना युनिसेक्स सैलुन एण्ड टेनिङ् सेन्टर सञ्चालनमा ल्याउनु भएको थियो। उहाँले गण्डकी प्रदेशका विभिन्न जिल्लाका करिब चार सय जनालाई व्यूटिपार्लर सञ्चालन सम्बन्धी तालिम पनि दिनुभएको छ ।

सेन्टरले प्रोफेसनल मेकअप, रसियन हेयर स्टाइल, आइलासिस एक्स्टेन्सन, माइक्रो ब्लेडिङ्गसहित टाटु, जेन्स हेयर कटिङ्ग र प्रेसिङलगायतका सेवा प्रदान गर्दै आएको छ । सेन्टरले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता पनि पाएको छ । रानाभाट नेपाल व्यूटिसियन संघ कास्कीको अध्यक्ष हुनुहुन्छ ।
स्वरोजगार बन्दै रोजगारीको वातावरण निर्माण गर्न सकेकोमा उहाँ गर्व गर्नुहुन्छ। उहाँले सात जनालाई रोजगारी पनि दिनुभएको छ । ‘कुराले होइन, कामले आफ्नो पहिचान बनाउनुपर्छ, उहाँले भन्नुभयो, महिला शशक्तिकरणका लागि अब हिम्मत गर्नुपर्ने समय आएको छ ।’

कार्यक्रम विद्या पराजुलीले सञ्चालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives