पोखरा, २७ चैत । पोखराको श्रेना व्यूटिपार्लर र बनेपास्थित क्रियटिभ व्यूटी बीच आइतबार डिलर सम्झौता भएको छ ।
क्रियटिभका उत्पादन पोखरामा विक्री वितरण गर्ने गरी श्रेना व्यूटिपार्लरले डिलर लिएको हो । सम्झौतामा क्रियटिभका कार्यकारी अधिकृत अनुप कुमार श्रेष्ठ र श्रेना व्यूटिपार्लरकी प्रोपाइटर शर्मिला रानाभाटले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतासँगै क्रियटिका दुई वटा उत्पादन फेस सिरम र फेस वास पोखरामा लञ्च गरिएको छ ।क्रियटिभका कार्यकारी अधिकृत अनुप कुमार श्रेष्ठ, नेपाल व्यूटिसियन संघ गण्डकी प्रदेश अध्यक्ष कल्पना कोइराला, श्रेना व्यूटिपार्लरकी प्रोपाइटर समेत रहनुभएकी नेपाल व्यूटिपार्लर संघ कास्की अध्यक्ष शर्मिला रानाभाट, क्रियटिभकी प्रमोटर एड्भाइजर सुमि रञ्जित र सौन्दर्यकर्मी व्यवसायी संघ कास्की सचिव दीपा कार्कीले संयुक्त रुपमा लञ्च गर्नुभएको थियो ।
क्रियटिभले आइतबार नै पोखरामा सौन्दर्यकर्मीहरुका लागि फेसियल डेमोष्ट्रेशन कार्यक्रम पनि गरेको छ । कार्यक्रममा ३० जना सौन्दर्यकमीको सहभागिता रहेको थियो ।
एक वर्ष अघिदेखि सञ्चालमा आएको क्रियटिभ व्यूटीले फेसियल किट, टोनर, प्याक, वोडी लोशन, विभिन्न क्रिमहरु गरी २७ वटा सौन्दर्य सामग्री उत्पादन गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
व्यापार मेला शनिबारसम्म, राजस्थानको लोकनृत्य
व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृति
व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म
व्यापार मेलामा सम्भावनाको बहस