म्याग्दी, २७ चैत (रासस) ःजिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ ।
बेनी नगरपालिका सहित रघुगङ्गा र मङ्गला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका हुन् ।
रघुगङ्गाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, भकिम्ली, डडुवा, मङ्गलाको बरङ्जा, सीमलचौरमा हावाहुरीसहितको असिना परेको थियो ।
भित्र्याउने बेला भएको गहुँ, भर्खरै उम्रिएको मकै र आलुका बिरुवा असिनाले चुटेर नष्ट बनाएको रघुगङ्गा–३ मौवाफाँटका कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
यतिखेर जिल्लाको मध्यपहाडी र लेकाली क्षेत्रमा गहुँ भित्र्याउने चटारो छ । हावाहुरीसँगै असिनापानी परेको थियो । सुन्तला जात फलफूल र तरकारी खेतीमा पनि असिनाले क्षति गरेको मङ्गला–३ बरङ्जाका कृष्णलाल सापकोटाले बताउनुभयो ।
क्षतिको पूर्ण विवरण आइ नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय तहका कृषि प्राविधिकलाई क्षतिको विवरण सङ्कलनका लागि परिचालन गरिएको केन्द्रले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउने
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
गिद्धदेखि गैँडासम्मः लाटोकोसेरो प्रेमीको अविस्मरणीय यात्रा (फोटो फिचर–राजु आचार्य)