पोखरा, २४ चैत । गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरि शरण आचार्यले गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गरिने बताउनु भएको छ ।
‘अब गण्डकी प्रदेशमा लालटिन र टुकी बल्ने छैन उहाँले भन्नुभयो, बैकल्पिक उर्जाको उपयोग गरेर भएपनि उज्यालो प्रदेश घोषणा गर्ने छौं ।’ यसै आर्थिक वर्षभित्र उज्यालो प्रदेश घोषणा गरिने उहाँको भनाइ छ ।
मन्त्रालयका उपलब्धि बारे जानकारी दिन विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले त्यस्तो बनाउनु भएको हो ।
हालसम्म नवीकरणीय उर्जा मार्फत् ६ दशमलव ४६ प्रतिशत र राष्ट्रिय विद्युत प्रशारण लाइन मार्फत् ९२ दशमलव ७९ प्रतिशत गरी ९९ दशमलव २५ प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको मन्त्री आचार्यले जानकारी दिनुभयो ।
उहाँले विहिबार नै गण्डकी प्रदेश सभाले सिंचाई ऐन पारित गरेकाले अब छिट्टै कार्यन्वयन हुने र खानेपानी ऐन पनि छिट्टै पारित हुने जानकारी दिनुभयो ।
मन्त्री आचार्यले जनतासँग मन्त्री, समस्या समाधानमा मन्त्रालय अभियानले जनताको आवश्यकता अनुसार तत्काल गर्नुपर्ने काम गरिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले मन्त्रालयको भौतिक र वित्तीय प्रगती सार्वजनिक गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउने
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
गिद्धदेखि गैँडासम्मः लाटोकोसेरो प्रेमीको अविस्मरणीय यात्रा (फोटो फिचर–राजु आचार्य)