पोखरा, २३ चैत । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र गण्डकी प्रदेश पोखराले महिलाहरुका लागि आयोजना गरेको उद्घोषण तथा कानूनी परामर्श सम्वन्धी तालिम बुधबारदेखि पोखरामा सुरु भएको छ ।
महिला शशक्तिकरणका लागि अन्तर पार्टी महिला सञ्जाल कास्कीको समन्वयमा आयोजित तालिममा ४० जना महिला सहभागी छन् ।
तालिम उद्घाटन गर्दै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले महिलाले सञ्चालन गरेका व्यवसायलाई प्राथमिकता दिएर मन्त्रालयले काम गरिरहेको बताउनुभयो । उहाँले हरेक व्यक्तिको जीवन सफल बनाउन ज्ञान र सीप आवश्यक पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका उपसचिव पुष्पराज पौडेल, अन्तर पार्टी महिला सञ्जाल कास्कीकी संस्थापक अध्यक्ष कोपिला रानाभाट, अध्यक्ष संज्ञा पोख्रेल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले बोल्नुभएको थियो ।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र गण्डकीका प्रमुख प्रभु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम अधिकृत राम प्रसाद पौडेलले स्वागत र प्रशिक्षक कृष्ण थापाले सञ्चालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता