रत्ननगर, २१ चैत (रासस) ःचितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो ।
आफन्तको घरमा बस्दै आउनुभएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो ।
बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको निकुञ्जले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा – १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर
पोखरामा विश्व एड्स दिवस मनाइयो
एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
लायन्स शितलचौतारीको सहयोग